११ बैशाख २०८१, मंगलवार
झाँक्रीलाई राज्यविरुद्धको कसुर, आफैले दिईन गिरफ्तारी
  • काँचुली खबर

प्रहरीले नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ पुर्जी थमाएको थियो ।

राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-माधव समूहका धेरै कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् ।

  • २९ माघ २०७७, बिहीबार १३:०६ प्रकाशित
  • Nabintech