१४ बैशाख २०८१, शुक्रबार
मोटरसाईकल चोरीमा संलग्न गिरोह पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ । बुधबार नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ परेका ब्यक्तिहरुले बाँकेका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरेर पहाडी जिल्लाहरुमा बेच्ने गरेको खुलासा भएको बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । रानाका अनुसार पक्राउ परेका ब्यक्तिहरुसँगै चोरीका ११ मोटरसाइकल समेत बरामद गरीएको छ ।

पक्राउपर्नेमा बाँकेको खजुरा गाउँपालिका ३ का रामवहादुर थापा, जुम्लाको चन्दननाथ नगरपालिका ११ घर भई हाल नेपालगञ्ज ४ बस्ने धिरेन्द्र विक्रम शाही, दाङ गढवा ४ का ईरसाद अहमद मुसलमान, रोल्पा लुग्री १ का छविलाल पुन मगर, लुग्री ५ का नवराज रोका क्षेत्री तथा नेपालगञ्ज १० का रञ्जित शर्मा रहेको प्रहरी उपरीक्षक ओम वहादुर रानाले जानकारी दिए । मोटरसाईकल चोरेर जंगलमा लुकाएर राख्ने त्यहाँबाट प्यूठानको चेरनेटा दरभानमा रहेका वर्कसपमा नम्बर, प्लेट, चेसिस र ईञ्जिन नम्बर परिवर्तन गरि बिक्रि गरेको पाइएको प्रहरीले जनाएको छ ।

  • २८ माघ २०७७, बुधबार १४:५७ प्रकाशित
  • Nabintech