सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर-११, की २३ वर्षीया ताराकुमारी आले रहेकी छन् ।
सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे७प ५२०६ नम्बरको मोटरसाइकललाई भेरीगंगा नगरपालिका-१२, स्थित छिन्चुमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुर्घटनमा घाइते आलेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए ।
उक्त घटनामा मोटरसाइकललाई चालक कालिकोटको शुभकालिका गाउँपालिकाका २६ वर्षीय दुर्गा शाही घाइते छन् । उनको छिन्चुमै उपचार भइरहेको डएसपी घर्तीले बताए ।
२६ माघ २०७७, सोमबार १३:५३ प्रकाशित