७ बैशाख २०८१, शुक्रबार
सुनको भाउमा ६ सयले कमी, चाँदीमा २० रुपैयाँको गिरावट
  • काँचुली खबर

काठमाडौं, मंसिर १६ । यस साता सुनको भाउमा कमी आयो ।

आईतबार तोलाको ५६ हजारमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ६ सयले घटेर ५५ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार १ सयले बढेको सुन मंगलबार रह्यो । विहिबार र शुक्रबार तीन/तीन सयले घटेको थियो ।

यस साता चाँदीको मूल्यमा पनि २० रुपैयाँले घटेर ७ सय ४० मा झरेको महासंघले जनाएको छ ।

  • १६ मंसिर २०७४, शनिबार १४:४२ प्रकाशित
  • Nabintech