चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी नायिका करिश्मा ‘महानायिका’ घोषित भएकी छन् । शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी ‘महानायिका’ घोषित भएकी हुन् ।
महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् । महानायिका घोषित भएपछि कलाको सम्मान गर्दै आफूलाई ‘महानायिका’ घोषित भएकोमा नायिका करिश्माले खुसी व्यक्त गरेकी छन् ।
साथै उनले आयोजक टिमलाई पनि धन्यवाद दिएकी छन् । कार्यक्रममा महानायक राजेश हमाल, सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङ, वरिष्ठ चिकित्सक भोला रिजाल, चलचित्र निर्देशक तथा निर्माता नीर शाह, उज्यालो अभियन्ता कुलमान घिसिङ लगायतका व्यक्तिहरू उपस्थित भएका थिए ।
नेपाली चलचित्र क्षेत्रमा महानायक र महानायिकाको विवाद लामो समयदेखि चल्दै आइरहेको छ ।
२५ माघ २०७७, आईतवार १९:१४ प्रकाशित