अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बाँकेले भागीरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू बाँके शाखाले भागीरथी र निर्मला पन्तको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेको हो ।
गत वर्ष बलात्कारपछि निर्मम हत्या गरीएकी निर्मला पन्त प्रकरणको गुथ्थी नसुल्झदैं सोही प्रहकृतीको घटना पुन: दोहोरीएको प्रति संगठन आक्रोशित भएको अनेरास्ववियू बाँके शाखाका संयोजक सुरेन्द्र जंग शाह (जम्बो) द्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
साथै भागीरथी भट्टको हत्याको बिरोधमा बैतडीमा सुरु भएको आन्दोलनप्रति संगठनको ऐक्यवद्धता समेत रहेको विज्ञप्तीमा उल्लेख गरीएको छ । विज्ञप्तीमार्फत बलात्कारजस्तो जघन्य अपराधमा संलग्न अपराधिलाई कानुन संसोधन गरेरै भएपनि मृत्यु दण्डको ब्यवस्था गर्न माग गरीएको छ ।
यसैबिच बैतडीको घटनाको बिरोधमा आईतबार अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले नेपालगन्जमा बिरोध प्रदर्शन समेत गरेका थिए ।

२५ माघ २०७७, आईतवार १८:५६ प्रकाशित