संवैधानिक निकायमा गरिएको नियुक्ति असंवैधानिक भएको भन्दै सभामुख अग्नि प्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाका इजलाशले सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलाशले यसबारे सरकारको नाममा कारणदेखाउ आदेश जारी गरेको छ ।
२५ माघ २०७७, आईतवार १७:५० प्रकाशित