७ बैशाख २०८१, शुक्रबार
भागरथी हत्याकाण्ड : भारतीय सीमकार्डको डाटा रिकभर गरिँदै
  • काँचुली खबर

मृत्त फेला परेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टले घटनाको दिन भारतीय सीमकार्ड प्रयोग गरेको खुलेको छ । भागरथीको शवसँगै भेटिएको मोबाइलमा भारतीय सीमकार्ड फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार भारतीय सीम कार्ड उनका दाईले भारत बसेर फर्कँदासँगै ल्याएको र उनले प्रयोग गर्दै आएको नेपाली सिमकार्ड घटना भएको दिन घरमा नै फेला परेको छ ।

प्रहरीले फेला घटनास्थलमा फेला परेको मोबाइल र नेपाली सीमकार्ड दुवैको डाटा ‘रिकभर’ गरिने प्रहरीले जनाएको छ । मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो-भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो ।

सीमकार्ड भारतीय भएकोले थप अनुसन्धानका लागि भारतीय प्रहरीको सहयोगमा कल डिटेल निकाल्न आवश्यक पहल थालिएको प्रहरीले जनाएको छ ।

दोगडाकेदार क्षेत्र सीमा नाका नजिक भएकाले भारतीय नेटवर्कले काम गर्ने गरेको छ । सोही कारण त्यहाँका अधिकांश स्थानीयले भारतीय सीमकार्ड प्रयोग गर्ने गरेका छन् ।

बुधबार सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय भागरथी स्कुलबाट फर्कने क्रममा हराएकी थिइन् । बिहीबार उनी पढ्ने विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो ।

उनको हत्यामा संलग्न आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।

  • २५ माघ २०७७, आईतवार १६:११ प्रकाशित
  • Nabintech