चारदशक पहिले निर्माण गरिएको फेवातालको वाँधको मर्मत शुरु गरिएको छ । निर्माण भएको लामो समय वितिसक्दा समेत ड्याम मर्मत सम्भारको कार्य नभएका कारण तालको पानी चुहिएर सतह घट्ना थालेपछि फेवातालको पानीको सतह २ मिटर घटाएर मर्मत थालिएको हो ।
लामो समयदेखि ताल संरक्षणका लागि बनाइएको बाँध जीर्ण भएका कारण बाँध निर्माण गर्नका लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गएरातिदेखि तालमा पानीको सतह घटाउन लागिएको हो । ड्याम मर्मतको कार्य एकमहिना भित्र सक्ने गरी अगाडी बढाइएको इन्जिनियर आचार्यले बताए ।
कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ । वि.सं. २०३५ सालमा बनेको उक्त बाँधको तलको गेट र रम्बर मर्मतसम्हार गरे पछि तालमा पानीको सतह पुनः पहिलेको लेभलमा आउने छ । मर्मतको काम सकिएपछि पुनः फिर्के र सेतीको पानीको ड्राइर्भट गरेर तालमा ल्याइने बताइएको छ ।
तालको पानीको सतह अकस्मात घटेपछी स्थानीहरू विनासूचना पानीको सतह घटाउदा समस्या भएको गूनासो गरेका छन् ।
२४ माघ २०७७, शनिबार २१:२५ प्रकाशित