१५ चैत्र २०८०, बिहीबार
मुद्रण संघ बाँकेको अध्यक्षमा पौडेल निर्वाचित
  • काँचुली खबर

नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा मिसन अपसेट प्रेसका सञ्चालक विनोद पौडेल चयन भएका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न भएको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी पौडेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय, सचिवमा नोखराज रावत तथा कोषाध्यक्षमा मो। वहाव खाँलाई चयन भएका छन । यस्तै संघको सदस्यहरुमा हरिप्रसाद ज्ञवाली, मिना ढकाल, ढकबहादुर थारु, दुर्गा प्रसाद रेग्मी र सुवास ठठरे रहेका छन् ।

भेलाले सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । संघको सल्लाहकारहरुमा पूर्णलाल चुके, मेघराज ओली, तपेन्द्र विक्रम शाह, मिना सुवेदी ढकाल, ज्योतिलाल भण्डारी, चण्डीप्रसाद गैरै र कुशुम बस्नेत रहेका छन् ।

  • २४ माघ २०७७, शनिबार १८:३७ प्रकाशित
  • Nabintech