कोरोनाबाट कोहलपुरकी ६८ वर्षिय महिलाको मृत्यु
  • काँचुली खबर

बाँकेमा कोरोना भाईरसबाट थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका ११ की ६८ वर्षिय महिलाको मृत्यु भएको हो ।

क्षयरोगको समस्या समेत देखिएकी ति महिलालाई गत माघ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरेर उपचार गर्दै गर्दा आज बेलुका ४:१८ बजे ति महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

ओलीका अनुसार कोरोना संक्रमणबाट बाँकेमा हालसम्म ५४ जनाले ज्यान गुमाईसकेका छन ।

  • २४ माघ २०७७, शनिबार १७:०० प्रकाशित
  • Nabintech