४ बैशाख २०८१, मंगलवार
अपाङ्ग तथा एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण
  • काँचुली खबर

मेचीमहाकाली बुहारी संयुक्त अवाज बाँके शाखाले अपाङ्ग तथा एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिका ११ मा डेरा बस्दै आएकी अपाङ्ग तथा एकल महिला माया रोकायालाई जिविकोपार्जनमा सहजताकालागि एक थान सिलाई मेसिन हस्तान्तरण गरीएको हो ।

सिलाई मेसिनसँगै संस्थाकी सचिव प्रमिला शाहीले रोकायालाई ६ महिनासम्म सिलाईकटाईको सिप सिकाउने जिम्मेवारी समेत लिएकी छन । शाहीले आफ्नो जन्मदिनको अवसरमा रोकायालाई सिप सिकाएर आत्मनिर्भर बनाउने जिम्मेवारी लिएकी हुन ।

पुर्वजनमुक्ती सेना समेत रहेकी रोकायालाई श्रीमानले छाडेपछि उनि एक्लै बस्दै आएकी थिईन । जुम्ला घर भई हाल कोहलपुर नगरपालिका ११ बस्दै आएकी रोकयाको जिविकोपार्जनमा सहयोग पुर्याउने उद्धेश्यले सिलाई मेसीन सहयोग गरीएको मेचीमहाकाली बुहारी संयुक्त अवाज बाँके शाखाकी सल्लाहकार रेणुका खड्काले जानकारी दिईन ।

  • २४ माघ २०७७, शनिबार १५:५३ प्रकाशित
  • Nabintech