७ बैशाख २०८१, शुक्रबार
३३ किलो सुन काण्ड : अर्का व्यापारी पनि समातिए
  • काँचुली खबर

३३ किलो सुन प्रकरणमा अर्का एक जना व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्ने भारतीय नागरिक बिमल पोद्दार हुन् । उनी झन्डै ४८ बर्षदेखि नेपाल बस्दै आएको छन् ।

पोद्दारले तस्करी गरी ल्याएको सुना सप्लाईको भूमिका खेल्थे । सुन तस्करी सम्बन्धी छानविनका लागि गठित समितिका एक सदस्यले पक्राउ परेका पोदारमाथि छानविन भैरहेके बताएका छन् ।

३३ किलो सुन प्रकरणमा मुछिएको बाजेको सेकुवा कर्नरका ६ वटा शाखामा गृहमन्त्रालयले बनाएको छानबिन समितिले छापा मारेर शिलबन्दी गरेको छ । समितिले बुधबार अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी शिलबन्दी गरेको छ । समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै कारोबार रोक्का गरेको छ ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा चेन रेस्टुरेन्ट बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी मुछिएसँगै छानबिन समितिले यसअघि बैंक खाता रोक्का राख्न पत्राचार गरिसकेको थियो ।

उता सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको अनुसन्धान सुरु गरेको छ ।

विभागले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

हाल नेपाल प्रहरीका पूर्व डिआईजी मोहन निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित अन्य पुर्पक्षका लागि थुनामा छन् ।

  • ६ असार २०७५, बुधबार १६:१४ प्रकाशित
  • Nabintech