१४ बैशाख २०८१, शुक्रबार
लिङ्ग परिवर्तनकैलागि गाब्बीले रेस्लिङ छाडे
  • काँचुली खबर

विश्वप्रसिद्ध रेस्लर गाब्बी टफ्टले आफू समलिंगी भएको कुरा सार्वजनिक गरेका छन् ।

आफ्ना समर्थक र शुभचिन्तकहरुलाई सम्बोधन गर्दै गाब्बीले भनेका छन् ‘यो मै हुँ । मेरो निर्लज्जता र निर्भयता ।’ ४२ वर्षीया टफ्टले २००९ देखि २०१२ सम्म डब्लूडब्लूईमा स्टेज नेम टेलर रेक्सको नामबाट खेलेका थिए । यही बिहीबार उनले आफ्नो लैंगिक पहिचान पहिलो पटक सार्वजनिक गरेका हुन् ।

गाब्बीले डब्लूडब्लूई सुपरस्टार, बडीबिल्डर, फिटनेस प्रशीक्षक, मोटिभेसनल स्पीकर र मोटरसाइकल धावक लगायत पहिचान बनाइसकेका छन् ।

टफ्टले आफ्नो लैंगिक संक्रमणकालीन अवस्थाबारे आगामी अन्तरवार्ताको क्रममा पनि खुलासा गर्ने जनाएका छन् । गाब्बीले आफ्नो रेस्लिङ अवधिको फोटो अगाडि उभिएको परिवर्तित फोटो इन्स्टाग्राममा पोस्ट गर्दा धेरैजसो अचम्ममा परेका थिए ।

गाब्बीले रेस्लिङबाट अवकास लिएपछि आफ्नी पत्नी प्रिस्किल्लासँग मिलेर एउटा फिटनेस कम्पनी समेत सञ्चालन गर्दैआएका छन् । उक्त जोडीको ९ वर्षीया छोरी समेत छिन् । टफ्टले आफ्नी पत्नी, परिवार र साथीहरुबाट आफ्नो लैंगिक पहिचान परिवर्तनको क्रममा सहयोग पाएकोमा उनीहरुलाई धन्यवाद समेत दिएका छन् ।

  • २४ माघ २०७७, शनिबार ०८:४६ प्रकाशित
  • Nabintech