७ बैशाख २०८१, शुक्रबार
वीरगञ्जमा रहबर र काठमाण्डौंमा अष्टलक्ष्मी पक्राउ
  • काँचुली खबर

प्रचण्ड-माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड-माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ परेकी छन् । उनीसँगै हितमान शाक्य, अमृता थापा लगायत नेताहरु पनि पक्राउ परेका छन् ।

वीरगञ्जमा पनि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता पक्राउ परेका छन् ।

पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन सडकमा निस्किएका वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • २२ माघ २०७७, बिहीबार ०९:२२ प्रकाशित
  • Nabintech