जन्मदिनमा घाईते जनमुक्ति सेनालाई आर्थिक सहयोग
  • काँचुली खबर

नेकपाका युवा नेता नरेन्द्र पाण्डे (जेम्स) ले आफ्नो जन्मदिनको अवसरमा पुर्व जनमुक्ति सेनाका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन । जनयुद्धकै क्रममा घाईते भएकी वृक्षा उखेरालाई जनयुद्धका कमाण्डर समेत रहेका जेम्सले आर्थिक सहयोग उपलब्ध गराएका हुन ।

बुधबार उखेरालाई भेट्न उनकै निवासमा पुगेका जेम्सले जन्मदिनको अवसरमा ५ हजार आर्थिक सहयोग उपलब्ध गराएको बताए । नेकपा ५ नं. प्रदेश सदस्य समेत रहेका जेम्सले अपेक्षाकृत रुपमा पुर्व जनमुक्ति सेनाहरुलाई ब्यवस्थापन गर्न नसकिएको भन्दै दु:ख ब्यक्त गरे । जनयुद्धताका आफ्नै मातहतमा रहेर काम गरेकी उखेराको अवस्था नाजुक बन्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै जेम्सले राज्यबाट पाउनुपर्ने सेवा सुविधाकालागि पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन ।

हाल कोहलपुर नगरपालिका ११ सुकुम्वासी बस्तीमा बस्दै आएकी उखेराले स्थायी बास नहुदा समस्या झेल्नुपरेको गुनासो गरेकी थिईन । जनमुक्ति सेनाको प्रमाणिकरणमा छुटेपछि हालसम्म राज्यबाट पाउनुपर्ने राहत समेत नपाएकी उखेराले जनयुद्धका आफ्ना कमाण्डरले सम्झीएकोमा खुसी ब्यक्त गरीन ।

रुकुम सिस्ने गाउँपालिका वडा नं. ८ की ३२ वर्षिय पुर्व जनमुक्ति सेना उखेरा मेरुदण्डमा लागेको चोटका कारण अपाङ्ग हुन पुगेकी थिईन । पाँचौं डिभिजन मंगल स्मृति विग्रेट एक नम्बर बटालियनमा सहायक कमाण्डर समेत रहेकी उखेरा २०६१ सालमा पाल्पाको तानसेनमा भएको लडाईमा घाईते भएकी थिईन । हाल उनि वृद्ध आमा, एक अपाङ्ग छोरा र अन्य दुई छोरा-छोरीसँगै बस्दै आएकी छन ।

  • २१ माघ २०७७, बुधबार १७:३४ प्रकाशित
  • Nabintech