नेकपा प्रचण्ड-माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ ।
सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
यस्तै यसअघि स्थायी समिति बैठकले महासचिव विष्णु पौडेललाई पदबाट गरेको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।
यस्तै घोषित संघर्षका कार्यक्रम सफल पार्न सिंगो पाटीपंक्ति परिचालन हुने निर्णय पनि गरेको छ । २५ प्रतिशत केन्द्रीय सदस्यको मागबमोजित बैठक बसेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
पार्टी आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । म्यानमारमा लोकतन्त्रको विरुद्धमा त्यहाँको सेनाले सत्ता हातमा लिनु अनुपयुक्त भन्दै बैठकले निन्दा गरेको छ ।
१९ माघ २०७७, सोमबार १५:२४ प्रकाशित