चौपाय दुर्घटनाको जिम्मा उपमहानगरले लिने
  • काँचुली खबर

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले गत वर्ष सुर्खेतको जङ्गलमा भएको पशु चौपायाको दुर्घटनाको जिम्मा लिने निर्णय गरेको छ । बिहिबार सम्पन्न उपमहानगरको आठौं नगरसभाले नगरभित्रका छाडा पशु चौपाय ब्यवस्थापनका सम्बन्धमा दुर्घटना भएको भन्दै सम्पूर्ण जिम्मेवारी उप-महानगरपालिकाले लिने निर्णय गरेको हो ।

कर्मचारीहरुले आदेशको पालना गर्नेक्रममा घटना भएका कारण त्यसको सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिकाले लिने निर्णय नगरसभाले सर्वसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाले राम्रो मनसायका साथ काम गरिएपनि दुर्घटनावश घटना भएको जनाएको छ ।

नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन-२०७७ समेत पारित गरेको छ । नगर प्रमुख डा. धवल शम्शेर राणाले पेश गरेको प्रस्तावहरु नगरसभाले सर्वसम्मतीले पारित गरेको छ । नगरसभाले वडागत बजेट रकमान्त्रण, नगर भवन पुननिर्माण, अस्पतालजन्य फोहोरमैला ब्यवस्थापन लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

गौवध मुद्धा : नगरप्रहरीलाई जेल, जनप्रतिनिधिलाई छुट

नगरसभामा प्रमुख डा. राणाले नगरभित्र लामो समयदेखि रोकिएर रहेका विकास आयोजना अघि बढेको भन्दै विकासले गति लिएको बताए ।

उपप्रमुख उमा थापा मगरले जनताका अपेक्षा पुरा गर्नका लागि आफुहरु लागिपरेको बताउँदै यसबीचमा नगरबासी र कर्मचारीबाट प्रर्याप्त साथ र सहयोग पाएको बताईन ।

  • १६ माघ २०७७, शुक्रबार १५:४२ प्रकाशित
  • Nabintech