६ बैशाख २०८१, बिहीबार
अनुसन्धान सुचकको हत्या आरोपमा एक पक्राउ
  • काँचुली खबर

राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सिबीआई केन्द्रीय कार्यालयको सहयोगमा नेपालगन्ज ६ का १८ वर्षीय विवेक परियार पक्राउ परेका छन ।

उनलाई सिबिआईको टोलीले काठमाडौंको चाँगुनारायणबाट पक्राउ गरेको हो । प्रहरीको प्रारम्भीक अनुसन्धानले लागुऔषध सम्बन्धि सूचना संकलनका क्रममा मगरको हत्या भएका हुनसक्ने निश्कर्ष निकालेको छ ।

गत माघ २ गते नेपालगन्जको कारकांदोस्थित तोरीबारीमा मगरको शव फेला परेको थियो । शव फेला परेलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले यसअघि करिव १५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

  • १५ माघ २०७७, बिहीबार १८:०६ प्रकाशित
  • Nabintech