कोहलपुर-नेपालगन्ज सडकखण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडक निर्माणका क्रममा भएका मानविय त्रुटिका कारण उक्त सडक धरापमा परिणत हुँदै गएको छ ।
केही समयअघि मात्रै मर्मत गरीएको कोहलपुर-नेपालगन्ज सडकखण्डमा ट्राफिक लाईट (ईण्डिकेटर) राख्दा किल्लाको प्रयोग भएको पाईएको छ । सडकको दुबैतर्फ सडकसँगै गाडिएर राखिएका लाईट (ईण्डिकेटर) को पुन: मर्मत नहुँदा त्यसमा प्रयोग भएको किल्ला सडकमै छुटेको देख्न सकिन्छ । जसले गर्दा सडकमा पैदल हिड्ने यात्रु तथा सवारी साधनमा क्षती पुग्नुका साथै दुर्घटना समेत हुनसक्ने अवस्था सृजना भएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुर-नेपालगन्ज सडक निर्माणको पहिलो चरणमा गमको प्रयोग गरेर सडक लाईट (ईण्डिकेटर) राखिएको थियो । तर केही समयमै उप्कने समस्यादेखिएपछि सडक निर्माण मक्पनीले ईण्डिकेटर गाड्नकालागि किल्लाको प्रयोग गरीएको पार्ईएको छ । तर समयसँगै ईण्डिकेटर टुटफुट भएपनि सडक बिचमा गाडीएका किल्ला भने अब्यवस्थित रुपमा त्यही रहँदै आएका छन । यसको उचित ब्यवस्थापनकालागि हालसम्म कसैले पहल लिएको पाईएको छैन ।

तस्बिर : एजे पुन
१५ माघ २०७७, बिहीबार १७:४४ प्रकाशित