नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीमा प्रस्तावित गरेको व्यक्ति केपी शर्मा ओली सामन्ती निरंकुशताको एजेण्ट बनेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले बुटवलमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली श्री ३ महाराज बन्न खोजेको आरोप लगाएका हुन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘म आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रस्तावित गरेका केपी ओलीले श्री ३ महाराज बन्ने सपना देखेका छन्, राजतन्त्रलाई लात्ती हान्ने नेपालीले ओलीको निरंकुशता स्वीकार्दैनन् । ओलीको निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ,’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिने विश्वास व्यक्त गरे । ‘मलाई विश्वास छ, अदालतले संसद पुनःस्थापना गर्नेछ । केही आशंका गर्दिनँ तर सबभन्दा ठूलो अदालत जनता हो, तपाईंहरूको फैसला अन्तिम हुनेछ,’ प्रचण्डले भने ।
दोस्रो जनआन्दोलनको पृष्ठभूमि बुटवलले बनाएको भन्दै यसपटक पनि बुटवलको आन्दोलनले प्रतिनिधिसभा विघटनको प्रतिगमनलाई सच्चाउने दावी गरे ।
सभालाई नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले बुटवलको सभामार्फत गणतन्त्रको शंखघोस गरेको स्मरण गरे ।

१५ माघ २०७७, बिहीबार १६:४३ प्रकाशित