१२ बैशाख २०८१, बुधबार
नेकपाका दुबै पक्ष पक्षसँग निर्वाचन आयोगको छलफल
  • काँचुली खबर

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै खेमालाई छलफलका लागि बोलाएको छ ।

आयोगले भोली (शुक्रबार) बिहान साढे ११ बजे केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन तयारीसम्बन्धी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

छलफलका लागि दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच पाँच जना व्यक्तिलाई बोलाइएको प्रवक्ता श्रेष्ठले बताए ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले निर्वाचनलाई लक्षित गरेर छलफलका लागि बोलाइएको उनले बताए ।

  • १५ माघ २०७७, बिहीबार १५:०६ प्रकाशित
  • Nabintech