१३ बैशाख २०८१, बिहीबार
लोकतन्त्रको रक्षाकालागि प्रधानमन्त्रीलाई सत्ताच्युत गर्नुपर्छ : यादव
  • काँचुली खबर

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई सत्ताबाट च्युत गर्नुपर्ने बताएका छन ।

अबधि पत्रकार संघ बाँकेले आज विहिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले लोकतन्त्रको रक्षाकालागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्नुपर्ने बताएका हुन ।

जन निर्बाचित संसदलाई भंग गरेर प्रधानमन्त्री ओलीले जनताको अधिकारमा कुठाराघात गरेको आरोप लगाउँदै जसपा अध्यक्ष यादवले ७० बर्ष देखिको नेपाली जनताको सपनाको प्रधानमन्त्री ओलीले हत्या गरेको भन्दै सत्ताबाट हटाउनुको बिकल्प नभएको बताए । उनले राजा महेन्द्रको पुनाराबृती ओलीले दोहोर्याएको समेत जिकिर गरे ।

‘राजा महेन्द्रले पनि यसै गरेका थिए, ओलीले पनि त्यसै गरे’ उनले भने, ‘अब उनलाई सत्ता चलाउन छुट छैन ।’

यादबले संसद पुर्नस्थापनाको विकल्प नभएको उल्लेख गर्दै यादवले भने, ‘जसपाको स्पष्ट माग छ ससंद पुर्नस्थापना हुनुपर्छ र अर्को ओलीको सत्ता बहिर्गमन हुनुपर्छ ।’

लोकतान्त्रिक शक्तिहरु एक भएर ओलीलाई हटाउनुपर्ने अवस्था आएको यादवको भनाई थियो ।

सम्मेलन अवधी पत्रकार संघ बाँकेका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठीको सभापतित्वमा आयोजना गरीएको पत्रकार सम्मेलनको संचालन कोषाध्यक्ष भरतकिशोर वैश्यले गरेका थिए ।

  • १५ माघ २०७७, बिहीबार १४:३५ प्रकाशित
  • Nabintech