१५ चैत्र २०८०, बिहीबार
कोहलपुर ६ नं. वडाको भवन शिलान्यास
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । कोहलपुर ६ का वडा अध्यक्ष रामशरण थारु र भवन निर्माणको जग्गादाता गोबिन्द वाग्लेले सयुक्त रुपमा शिलान्यास गरेका हुन ।

जिल्ला समन्वय समितीको ४० लाख र बाँकी कोहलपुर नगरपालिकोको लागतमा ६ कोठे पक्कि भवन निर्माण गर्न लागिएको कोहलपुर नगरपालिका वडा नं. का अध्यक्ष रामशरण थारुले जानकारी दिए । भवन निर्काणकालागि कोहलपुरका समाजसेवी गोविन्द वाग्लेले ३ कठ्ठा जग्गा दान गरेका छन । कोहलपुर नगरपालिका वडा नं. ६ मा सार्वजनिक जग्गाका अभावमा हालसम्म वडा कार्यलय निर्माण हुन सकेको थिएन ।

सिलान्यास कार्यक्रममा वडा अध्यक्ष थारुले जग्गादाता वाग्लेलाई धन्यवाद दिए । जग्गादाता वाग्लेले सर्वजनिक जग्गाको अभाव रहेको कोहलपुर ६ का जनतालाई सहजता होस भन्ने उद्धेश्यले झण्डै १ करोड मुल्य बराबरको ३ कठा जग्गा वडा कार्यालय भवान, स्वाथ्य चौकी भवन र प्रहरी बिट निर्माणका लगी सहयोग गरेको जानकारी दिए ।

भवन निर्माण उपभोक्त समितीको अध्यक्ष प्रदेशी थारुले यस आर्थिक वर्ष भित्र भवन निर्माण गरिसक्ने जानकारी दिए ।

  • १४ माघ २०७७, बुधबार १३:४३ प्रकाशित
  • Nabintech