१५ चैत्र २०८०, बिहीबार
ज्याकलिनसँग हलिउड फिल्ममा काम गर्दै अन्जली लामा
  • काँचुली खबर

नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले अब हलिउड चलचित्रमा अभिनय गर्ने तयारी गरेकी छिन् । उनले, ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेको डेडलाइनले उल्लेख गरेको छ ।

रिपोर्टमा उल्लेख गरिए अनुसार, अन्जलीले यो चलचित्रमा बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्दैछिन् । यो चलचित्रलाई लिना यादवले निर्देशन गर्ने तयारी गरेकी छिन् ।

डेडलाइनका अनुसार, यो एक एन्थोलजी चलचित्र हो । जसको नाम ‘वुमेन्स स्टोरिज’ राखिएको छ । यो चलचित्रलाई विभिन्न ४ भागमा विभाजित गरेर निर्माण गरिनेछ ।

जसमा कारा डेलेविन्ज, इवा लोन्गारिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ । लर्वोलिनो इन्टरटेन्मेन्टको सह-निर्माण तथा वि डू इज टूगेदरको निर्माणमा बन्न लागेको यो चलचित्रले महिलाको फरक–फरक जीवनको कथालाई प्रस्तुत गर्नेछ ।

यो चलचित्रमा विश्वका विभिन्न देशका ६ जना महिला निर्देशकहरुले निर्देशन गरेका कथालाई प्रस्तुत गरिनेछ । चलचित्रको छायांकन भारत र अमेरिकामा हुनेछ । चलचित्रका सबै कलाकार महिला हुनेछन् ।

चलचित्रमा कमेडी, एनिमेशन पनि समावेश गरिनेछ । नेपालकी ट्रान्सजेन्डर अन्जली लामाले ‘ल्याक्मे फेसन शो’मा समेत सहभागीता जनाइसकेकी छिन् ।

  • १४ माघ २०७७, बुधबार १३:१० प्रकाशित
  • Nabintech