१४ बैशाख २०८१, शुक्रबार
बाँकेका साथै देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु
  • काँचुली खबर

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् ।

काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

बुधबार १२ हजार व्यक्तिले खोप लगाउने बताईएको छ । कोरोनाविरुद्धको खोप अभियान पहिलो चरणमा १० दिनसम्म चल्ने छ ।

यसैबिच आज बाँकेमा समेत कोरोनाविरुद्धको खोप अभियान संचालन गरीएको छ । जिल्लाकालागि प्राप्त ७ हजार ५ सय डोज खोप पहिलो चरणमा लगाईने भएको छ । भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले खोप लगाएतर अभियानको सुभारम्भ गरेका छन ।

बाँकेमा अहिले सम्म ४४ हजार ४ सय ९१ जनाको कोभिड परिक्षण गरिएको छ । त्यसमध्ये ४ हजार ६ सय १२ जना संक्रमित पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

  • १४ माघ २०७७, बुधबार ११:०४ प्रकाशित
  • Nabintech