१४ बैशाख २०८१, शुक्रबार
‘मिर्मिरे आँखा…..’ का गायक धनबहादुरको निधन
  • काँचुली खबर

‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेलीलगायत चर्चित लोकगीतका संकलक धनबहादुर गायकको निधन भएको छ । २०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा जन्मिएका गायकको सोमबार मणिपाल अस्पतालमा निधन भएको हो ।

उच्च रक्तचापका बिरामी उनलाई ३ दिनअघि अस्पताल भर्ना गरिएको थियो । राष्ट्रिय लोकबाजार सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष समेत रहेका उनी पोखरा महानगरपालिकाले गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठानमा उनलाई गन्धर्व सिफारिस भएका भएका थिए ।

तर प्रतिष्ठानमा नियुक्ति हुनुअघि नै उनको निधन भएको छ । पछिल्लो समय धनबहादुर नयाँ पुस्तालाई सारंगी सिकाउन व्यस्त थिए ।

  • १२ माघ २०७७, सोमबार १५:५८ प्रकाशित
  • Nabintech