ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिन हुने भएको छ ।
यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् ।
यो विषयमा चौतर्फी आलोचना भए पनि ब्रिटिस एयरले माफी माग्दै छानबिन सुरु गरेको हो ।
डेली मेलका अनुसार फ्लाइटमा यात्रीको आँखा छलेर लिएको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका लागि तपाईंहरूकी हुँ । तपाईं मबाट के गराउन चाहनुहुन्छ ?’ यो पोस्ट भाइरल बनेपछि छानबिन सुरु भएको हो ।
द सनलाई दिएको एक अन्तर्वार्तामा ब्रिटिस एयरकी एक एयर होस्टेजले आफूले विमानमा अन्डरवयर २५ युरोमा बेचेर अतिरिक्त आम्दानी गरेको उल्लेख गरेकी छन् ।
त्यसका साथै उनले वान टु वान सेवाका लागि पनि अतिरिक्त पैसा लिने गरेकी थिइन् । आफ्नो ब्लगमा उनले ग्राहक पैसा तिर्न सक्षम भएमा उडानका क्रममा ‘वयस्क मनोरञ्जन’ समेत गर्न सक्ने बताएकी छन् ।
उनले ग्राहकसँग भेट्नका लागि ५० युरोको ‘सेक्युरिटी फिस’ दिनुपर्ने उल्लेख गरेकी छन् । यो फिस पनि माग अनुसार फरक हुने उनको भनाइ छ ।
ब्रिटिस एयरका प्रवक्ताले आफूहरूले सबै सहयोगीबाट उच्चस्तरको व्यवहारको अपेक्षा गरेको भन्दै यो घटनाको छानबिन भइरहेको जनाएका छन् ।
१२ माघ २०७७, सोमबार १५:३५ प्रकाशित