१६ चैत्र २०८०, शुक्रबार
सुनको मूल्य घट्यो, तोलाको कति ?
  • काँचुली खबर

सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ। आज प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार चार सय पुगेको छ । आइतबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजारमा झरेको छ । आइतबार प्रतितोला ९२ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । दुई दिनयता चाँदीको मूल्यमा घटबड भएको छैन । आज पनि प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • १२ माघ २०७७, सोमबार १२:५२ प्रकाशित
  • Nabintech