प्रचण्ड-माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको उक्त पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको उच्च श्रोतले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटि बैठक आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो । आजको स्थायी कमिटि बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको आगामी रणनीतिबारे छलफल हुने बताइएको थियो । यो समूहले माघ ९ गते काठमाडौँमा विशाल जनप्रदर्शन गरेको थियो ।
नेकपाको यो खेमाले साधारण सदस्य समेत नरहने गरी किन कारबाही नगर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण सोधेको थियो । तर ओलीले त्यसको कुनै जवाफ दिएका थिएनन् ।
११ माघ २०७७, आईतवार २०:५१ प्रकाशित