नेपाल बसोबास बस्ती संरक्षण समाज बाँकेको पाँचौं जिल्ला अधिबेशन आईतबार सम्पन्न भएको छ । समाजको केन्द्रीय उपाध्यक्ष धन कुमारी आले प्रमुख उपस्थितीमा कोहलपुरमा सम्पन्न अधिवेशनले समाजको नयाँ समिति समेत चयन गरेको छ ।
आगामी ३ वर्षकालागि समाजको अध्यक्षमा मन बहादुर कुसारी चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा केश कुमारी भण्डारी वली, सचिवमा लाल बहादुर राना, सहसचिबमा लक्ष्मी प्रशाद बिष्ट, कोषाध्यक्षमा लक्ष्मी गिरी तथा सदस्यहरुमा क्रमश मकर रोकाय, टिकाराम वली, सीता कार्की, झुप बहादुर बिष्ट, दरिकला महरा र मनिषा मल्ल चयन भएका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नवगठित पदाधिकारीहरुले आगामी दिनमा प्रदेश तथा केन्द्रसँग समन्वय गर्दै सकृयताको साथ अधिकारकोलागि संगसंगै अगाडि बड्ने प्रतिबद्धता समेत जनाएका छन ।
यसअघि समाजका सहसचिव लाल बहादुर बुढाथोकीले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरुले समाज भुमि अधिकारसँग सम्बन्धित सामाजिक संस्था भएकोले आफ्नो अधिकार रक्षाको निम्ति सरोकारवाला सबै एक हुनुको बिकल्प नरहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा समाजका प्रदेश संयोजक रेशम गिरी, नेपाल महिला एकता समाजकि केन्द्रीय सदस्य आाशा घर्ती, लुमन्ती आवासका लागि सहयोग समूह कोहलपुरका कार्यक्रम संयोजक सुर्य कुमार खड्का र बसोबास महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष गिता वली लगाएतले आफ्नो धारणा राखेका थिए ।
समाजका अध्यक्ष मन बहादुर कुसारीको सभापतित्वमा सम्पन्न जिल्ला अधिबेशन समारोहलाई समाजका निवर्तमान सचिब भुपेन्द्र सिंह ठकुरी संचालन गरेका थिए ।
११ माघ २०७७, आईतवार १९:३८ प्रकाशित