७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोना : २४ घण्टामा १ संक्रमित !
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । सुरुवाती दिनहरुमा कोरोनाको हबका रुपमा उदाएको बाँकेमा आईतबार एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा मात्र १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

९० जनाको पिसीआर परिक्षण गर्दा १ जनामा मात्र संक्रमण देखिएको हो ।

पछिल्लो ११ महिनामै पहिलो पटक १ जनामा मात्र संक्रमण देखिएको हो । बाँकेमा कोरोना भाईरसको संक्रमण दर ०.७६ प्रतिशतमा खुम्चीएको छ भने बिरामी निको हुने दर ९७.५० रहेको छ ।

हालसम्म बाँकेमा ४५९७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएकोमा ४४८२ जना संक्रमणमुक्त हुँदै घर फर्किसकेका छन भने ६४ जना उपचारकै क्रममा रहेका छन । कोरोना संक्रमणबाट बाँकेका ५१ जनाले ज्यान गुमाएका छन ।

  • ११ माघ २०७७, आईतवार १९:०९ प्रकाशित
  • Nabintech