१६ चैत्र २०८०, शुक्रबार
आधा सताब्दीका मुख्यमन्त्रीको २३ वर्षिय मोडलसँग विवाह
  • काँचुली खबर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बेहुला बनेका छन् । झण्डै आधा सताब्दी (४९ वर्ष) उमेर पार गरेका मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् ।

राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको समय भएको भन्दै मुख्यमन्त्री राईले सानो संख्यामा जन्ती लगेर विवाह गरेका हुन् ।

बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका छन् । विवाह समारोहमा पर्यटनमन्त्री भानुभक्त ढकाललगायत केही नेता पुगे पनि अन्य धेरै नेतालाई भने साँझ आयोजना गरिएको रिसेप्सनमा बोलाइएको छ ।

मुख्यमन्त्री राईको विवाहको रिसेप्सनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीलाई निम्ता दिइएको उनको निजी सचिवालयले जनाएको छ ।

  • ११ माघ २०७७, आईतवार १५:५५ प्रकाशित
  • Nabintech