बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका-८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएकि छिन ।
शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको बेला चौधरीलाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउकोमा गम्भिर चोट लागेको छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियो।
बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ ।
११ माघ २०७७, आईतवार १०:५३ प्रकाशित