१६ चैत्र २०८०, शुक्रबार
मोटरसाईकल र मोबाईल चोरी गर्ने गिरोह पक्राउ
  • काँचुली खबर

ईलाका प्रहरी कार्यालय कोहलपुरले सामुहिक रुपमा मोटरसाईकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । माघ ५ गते कोहलपुर ५ रझेनाबाट हराएको २ सय २० सिसिको मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मोटरसाईकल हराएको सुचनाका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले तिन दिनपछि अर्थात माघ ८ गते मोटरसाईकलसहित चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको हो । उक्त मोटरसाईकल सम्बन्धित ब्यक्तिलाई फिर्ता गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।

यसैबिच मेडिकल कलेज कोहलपुरबाट मोबाईल चोरी गर्ने केहि ब्यक्तिलाई समेत नियन्त्रणमा लिईएको खनालले बताए । पक्राउ परेका सबैलाई थप अनुसन्धानकालागि नियन्त्रणमा राखीएको प्रहरीले जनाएको छ ।

  • १० माघ २०७७, शनिबार २०:४५ प्रकाशित
  • Nabintech