४ बैशाख २०८१, मंगलवार
बिग बाश : पहिलो खेलमै सन्दीपलाई २ विकेट
  • काँचुली खबर

बिग बाश क्रिकेट लिगमा नेपालका सन्दीप लामिछाने आफ्नो पहिलो खेलमै २ विकेट लिन सफल भएका छन । यद्यपी सन्दिप आबद्ध टिम २२ रनले पराजित भएको छ ।

मेलबर्नको डकल्याण्डस् मैदानमा स्कोर्चर्सले दिएको एक सय ८० रनको लक्ष्य पछ्याउने क्रममा सन्दीप आबद्ध होबार्ट हरिकेन्सले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५७ रन मात्रै बनाउन सक्यो । हरिकेन्सका लागि डार्सी शर्टले ४३, पेटर ह्याण्डस्कम्बले ३०, टिम डेभिडले २७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ स्कोर्चर्सका लागि झे रिचार्डसनले एक्लैले चार विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको स्कोर्चर्सले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ७९ रन बनायो । स्कोर्चर्सका लागि जोश इन्ग्लिसले ५८ रन बनाए । त्यस्तै झे रिचार्डसनले २९ र लायम लिभिङस्टनले २६ रनको योगदान गरे ।

हरिकेन्सका लागि नाथन इलिसले चार विकेट लिँदा सन्दीपले दुई विकेट हात पारे ।

  • ९ माघ २०७७, शुक्रबार १८:०७ प्रकाशित
  • Nabintech