४ बैशाख २०८१, मंगलवार
पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस
  • काँचुली खबर

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो ।

प्रदेशसभाको बैठकमा प्रचण्ड-माधव समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।

तीन वर्षको अवधिमा मुख्यमन्त्री पौडेलले जनताको हितमा अपेक्षाकृत ढंगले काम गर्न नसकेका कारण उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको समेत बताए ।

उनले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत बताए ।

प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक सभामुख श्रेष्ठले स्थगित गरेका थिए । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ । अविश्वासको प्रस्तावमाथि अब बस्ने प्रदेशसभाको बैठकमा छलफल अगाडि बढ्ने बताइएको छ ।

  • ९ माघ २०७७, शुक्रबार १६:३७ प्रकाशित
  • Nabintech