१३ बैशाख २०८१, बिहीबार
भारत्तोलनका विश्वबिजेता रुप कार्कीको निधन
  • काँचुली खबर

भारत्तोलनका स्वर्णपदक बिजेता रुप कार्कीको निधन भएको छ । नेपालको रुपन्देही स्थायी घर भएका कार्कीको बुटवलबाट काठमाण्डौ उपचारका लागि ल्याउँदै गर्दा बीच बाटोमै निधन भएको हो । बुटवलमा उपचार असम्भव भएपछि काठमाण्डौ ल्याउँदै गर्दा बीच बाटोमा निधन भएको श्रोतले बताएको छ ।

कार्की शरीर बनाउन कुनै औषधिको सेवन नगरेका समूहमा प्रतियोगितामा भाग लिने भारत्तोलक खेलाडी हुन् । कार्कीले एटलान्टा आईपीएल, इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता (अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा) आफ्नो तौल समूहमा स्वर्ण जिती नेपालको नाम बिश्वमा पुराउन सफल भएका थिए । उनले कुल १४ सय पाउण्ड उठाइ उनले स्वर्णपदक प्राप्त गरेका थिए । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् । उनी अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्णपदक जित्दै च्याम्पियन बनेका थिए ।

अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएका थिए । हृदयघातका कारण उनको मृत्यु भएको बताईएको छ ।

  • ९ माघ २०७७, शुक्रबार १८:५७ प्रकाशित
  • Nabintech