नेपाली युवाले बनाएको पोशाकमा अमेरिकी उपराष्ट्रपती
  • काँचुली खबर

संयुक्त राज्य अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भए पछि आयोजित भर्चुएल प्रार्थना सेवामा चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी छन् ।

गुरुङले आफ्ना श्रीमानसंग प्रार्थना सभामा सहभागी ह्यारिसको तस्वीर सहित एक ट्विट गरेका छन् । “हामीले डिजाइन गरेको पोशाक लगाएर उपराष्ट्रपति प्रार्थना सभामा सहभागी हुनुभयो । कृतज्ञता, हार्दिक कृतज्ञता,” गुरुङले आफ्नो ट्विटमा भनेका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रबल गुरुङ को हुन् ?

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित ‘फेशन डिजाइनर’ मा पर्छन् । सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्केका प्रबल हलिउड देखि बलिउडसम्मका सेलिब्रेटीले रुचाएका चर्चित डिजाइनर हुन् ।

पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामा देखि बेलायती राजकुमारी केटसम्मले उनले डिजाइन गरेको लुगा रुचाएका छन् । बलिवुडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन् । सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौँ प्रशसंक छन् ।

आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० वटा फेशन स्टोर छन् ।

गुरुङले आफ्नो जीवनीमा आधारित ‘कफी टेबल बुक’ किताब पनि लेखेका छन ।

प्रबल गुरुङ शीर्षकमा सार्वजनिक हुने उनको किताबमा आप्रवासीको कथा र आफ्नो अमेरिकी सपना पूरा भएको कथा समेटिएको उनले लेखेका छन् ।

  • ९ माघ २०७७, शुक्रबार १२:१० प्रकाशित
  • Nabintech