६ बैशाख २०८१, बिहीबार
ओलीलाई साधारण सदस्यबाटै हटाउने नेपालको चेतावनी
  • काँचुली खबर

नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नै नरहनेगरी निष्काशन गर्ने बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने बताएका हुन् ।

‘केपी ओलीका कारण आज गणतन्त्र धरापमा पर्यो । कम्युनिस्ट पार्टी ध्वस्त भयो । हामी गणतन्त्रको आन्दोलन गर्दै गर्दा अ‍ोली बयलगाडाको कुरा गर्थे । अहिले उनको असली रुप देखियो । त्यसैले उनी कम्युनिस्ट होइनन् । कम्युनिस्ट हुन लायक पनि छैनन् भन्ने बुझेर उनलाई साधारण सदस्यबाट निष्काशन गर्न गइरहेका छौं’ अध्यक्ष नेपालको भनाई थियो ।

उनले ३ दिनको समय राखेर स्पष्टीकरण सोधिए पनि चार दिनसम्म समेत जवाफ नदिएको भन्दै अब उनलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताए । सम्बोधनका क्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना गरेरै छाड्ने घोषणा समेत गरे । कर्णाली प्रदेशकै ठुलो विरोध सभामा नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु सहभागी छन् ।

  • ८ माघ २०७७, बिहीबार १६:२८ प्रकाशित
  • Nabintech