२६ बैशाख २०८१, बुधबार
लाइसेन्सको कोटा सिस्टम हट्यो, भोलीदेखी आवेदन खुल्दै
  • काँचुली खबर

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम खुल्ने भएको छ । कोरोनाकालपछि दोस्रो चरणमा भोली शुक्रबारदेखी लाईसेन्सको नयाँ आवेदन फारम खुल्ने भएको हो । योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता तथा निर्देशक डा. लोकनाथ भुषालका अनुसार अब सेवाग्राहीले सातै दिन २४सै घन्टा फारम भर्न सक्नेछन । फारम भरिसकेपछि त्यहाँ तोकिएको मितीमा सम्बन्धित यातायात कार्यालय जानु पर्नेछ ।

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो ।

आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए । त्यस्तै केही दिनदेखि आएको सर्भरको समस्याले अनलाई आवेदन प्रणाली बन्द थियो । अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइट (https://dotm.gov.np) मा  गएर त्यहाँ भने अनुसार विवरण भर्नुपर्ने हुन्छ ।

  • ८ माघ २०७७, बिहीबार १६:०२ प्रकाशित
  • Nabintech