११ बैशाख २०८१, मंगलवार
आमा बन्दै नायिका श्वेता खड्का !
  • काँचुली खबर

आमा बन्दै छिन नायिका श्वेता खड्का ! सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य नै हो । चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन । उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन् ।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् । चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ । कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ । डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउने छन् । चलचित्रमा उनको केन्द्रीय भूमिका छ ।

  • ८ माघ २०७७, बिहीबार १३:१३ प्रकाशित
  • Nabintech