१४ बैशाख २०८१, शुक्रबार
धेरै जिस्काए भित्तामै पुर्याईदिने प्रचण्डकाे चेतावनी
  • काँचुली खबर

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानकाे रक्षार्थ जस्ताेसुकै परिस्थितिकाे सामना गर्न तयार हुनुपर्ने अवस्था आएकाे बताएका छन । नेपालकाे ईतिहासमा पहिलाे पटक नेपाली जनताद्वारा लिखित संविधानकाे हत्या गर्न खाेजिएकाले आफुमा आक्राेश पैदा भएकाे बताउँदै प्रचण्डले संविधान र गणतन्त्रको रक्षार्थ हरेक नेपालि नागरिक जागरुक हुनुपर्ने बताए ।
प्रेस संगठन नेपालकाे दाेस्राे राष्ट्रिय भेलामा बाेल्दै अध्यक्ष प्रचण्डले एउटा आमालाई आफ्नाे बच्चा मारिदै गर्दा हुने पीडा र आक्राेसकाे अनुभुति वर्तमान अवस्थामा आफुलाई भईरहेकाे बताए । आफुु जनयुद्धको माेर्चा सम्हालेर आएकाे ब्यक्ति भएकाे र आवश्यक परेकाे खण्डमा अत्याधिक कठाेर हुन सक्ने बताउँदै प्रचण्डले भने, “केपि जि मलाई धेरै नजिस्काउनुहनेस, भित्तामै पुर्याईदिन्छु ।”
नेपाल प्रज्ञा प्रतिष्ठानकाे हलमा अायाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिलाई जसरि पनि तह लगाउँदै संविधान सभालाई पुनस्थापन गर्नु वर्तमान समयकाे अनिवार्य अावश्यकता रहेकाे उल्लेख गरे ।
आफ्नै पार्टी फुटाउन अध्यादेश ल्याउने, नेपाली जनताले बनाएकाे संविधानकाे हत्या गर्ने ब्यक्तिले खाेक्राे राष्ट्रवादकाे कुरा गर्नु हाँस्यासपद भएकाे टिप्पणी गरे । आफ्नै सहकर्मिहरूलाई विश्वासमा लिन नसक्ने केपि ओलिले प्रचण्डका कारण संविभानसभा विघटन गरेकाे बताउदै हिडेकाेप्रति आक्राेश ब्यक्त गरे ।

  • ६ माघ २०७७, मंगलवार १६:४५ प्रकाशित
  • Nabintech