६ बैशाख २०८१, बिहीबार
ओलिका सबै फेहरिस्त बाहिर ल्याईदिनुस : अध्यक्ष नेपाल
  • काँचुली खबर

नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलिका सबै फेहरिस्त बाहिर ल्याउन संचारकर्मिलाई आग्रह गरेका छन । प्रेस संगठन नेपालकाे दाेस्राे राष्ट्रिय भेलामा बाेल्दै अध्यक्ष नेपालले २०२८ सालदेखिकाे सबै फेहरिस्त आम नागरिकसामु छर्लंग पारिदिन आग्रह गरेका हुन ।
नेपाल प्रज्ञा प्रतिष्ठानकाे हलमा आयाेजित कार्यक्रममा बाेल्दै नेता नेपालले आफुलाई १४ वर्ष जेल बसेकाे बताउने ओलि कुन अपराधमा जेल पुगेकाे हाे भन्ने कुरा सविस्तार बाहिर ल्याउन आग्रह गरेका हुन ।
एक दिनमा तीन जनालाई प्रधानमन्त्रीकाे प्रलाेभन दिने ओलि झुटकाे पुलिन्दा भएकाे नेपालले बताए । विगतदेखि हालसम्म झुटकाे साहारामै नेतृत्वमा पुगेका ओलि गुटगत स्वार्थमा रमाउने गुटे नेतामा सिमित भएकाे नेपालले उल्लेख गरे ।
प्रचण्ड दिलकाे उदार मान्छे भएकाले बारम्बार ओलिले प्रयाेग गर्ने हिम्मत गरेकाे बताउँदै नेता नेपालले अब उप्रान्त ओलिकाे चिल्लाेमा नफस्न सबै नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
काठमाडौंमा जारि भेला अघि देशभरबाट आएका पत्रकारहरू भृकुटीमण्डपमा जम्मा भएर र्यालिमा सहभागी भएका थिए । भृकुटीमण्डपबाट सुरू भएकाे र्यालि प्रज्ञा प्रतिष्ठान पुगेर सभामा परिणत भएकाे हाे ।

  • ६ माघ २०७७, मंगलवार १५:०९ प्रकाशित
  • Nabintech