११ बैशाख २०८१, मंगलवार
ओलीमा दुर्योधन प्रवृत्ति देखियो : माधव नेपाल
  • काँचुली खबर

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्न खोज्दा मुलुक अप्ठ्यारोमा परेको बताएका छन । आईतबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीलाई दुर्योधनदेखी निरोसम्म तुलना गरेका छन । ‘ओलीमा तानाशाहा प्रवृत्ति देखियो’ नेता नेपालले भने, ‘ओलीको घमन्डले नै पार्टी दुई चिरामा विभाजित हुन पुगेको हो ।’

नेपालले प्रधानमन्त्री ओलीलाई दुर्योधन जस्तै अर्काको कुरा नसुन्ने घमण्डी, पाखण्डी, अत्याचारी र तानाशाही प्रवृत्तीका नेता भएको बताए ।ओलीलाई दृष्टिकोण र चिन्तनमा समस्या भएको बताउँदै अध्यक्ष नेपालले पार्टीको सिद्धान्त, विचार र नीतिमा हिड्न नजान्ने ब्यक्तिलाई नेता मान्न नसकिने प्रष्ट पारे ।

संसद विघटन संविधान विपरित भएको बताउँदै उनले कुनै पनि हालतमा संसद विघटन नहुने दावी गरे । संविधान विपरित भएका निर्णयलाई सर्वोच्च अदालतले खारेज गर्ने विश्वास ब्यक्त गर्दै नेपालले जनताको ताकतबाट संसद पुनस्थापना गरीछाड्ने प्रतिवद्धता समेत जनाए ।

ओलीको प्रतिगमनकारी कदमकाबिरुद्ध आफुहरु सडकमा आउनुपरेको नेता नेपालले बताए । संविधान र गणतन्त्रको रक्षार्थ आन्दोलन जरुरी रहेको बताउँदै नेता नेपालले आन्दोलनलाई शसक्त बनाउँदै गाँउ-गाँउ, बस्ती-बस्तीमा संघर्षका कार्यक्रमहरु संचालन गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

पुर्व एमाले र माओवादीलाई भर्याङ बनाएर सत्तामा पुगेका ओलीले कहिलै पनि पार्टी एकिरकरणको पक्षमा काम नगरेको नेपालले आरोप लगाए ।

  • ४ माघ २०७७, आईतवार १९:०१ प्रकाशित
  • Nabintech