आईतबार बाँकेमा कोरोनाका ६ संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार २ महिला र ४ पुरुषमा संक्रमण देखिएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरीएको परिक्षणमा ५ र वागेश्वरी डाईग्नोष्टिक सेन्टरको ल्यावमा गरीएको परिक्षणमा १ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमित सहित बाँकेमा कुल संक्रमितको सँख्या ४५५५ पुगेको छ ।
यसअघि आईतबार बिहान कोरोनामुक्त हुँदै बाँकेका १३ जना डिस्चार्ज भएका थिए । बाँकेमा हालसम्म ४४११ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भईसकेका छन ।
४ माघ २०७७, आईतवार १८:२६ प्रकाशित