८ बैशाख २०८१, शनिबार
‘आन्दोलनमा जुझारुपन हुनुपर्यो’ : प्रचण्ड
  • काँचुली खबर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिविरुद्ध अब शाकाहारी आन्दोलनले काम नचल्ने बताएका छन् । अनेरास्ववियूको उपत्यका भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले प्रतिगमनविरुद्धको आन्दोलनमा आफू टाउको फुटाउन तयार रहेको भन्दै अबको आन्दोलन शाकाहारी नभइ आवेगपूर्ण र आक्रामक हुनुपर्नेमा जोड दिए ।

सडकमा आक्रामक रुपमा आउन युवाहरुलाई आह्वान गर्दै प्रचण्डले आफू युवाहरुको आन्दोलनमा अग्रभागमा रहेर रगत बगाउन तयार रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीका लागि जेपनि गर्न तयार रहेकाले अबको आन्दोलन आक्रामक हुनुपर्ने उनको भनाइ थियो ।

  • ४ माघ २०७७, आईतवार १७:३६ प्रकाशित
  • Nabintech