मदन भण्डारीलाई सम्झिएर निर्णय लिनुस् : नेता रिजाल
  • काँचुली खबर

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पाङ्ग्रा खुस्काएर देशलाई अप्ठ्यारोमा पारेको बताएका छन् ।

शनिबार नेपालगन्ज नगर कमिटिको आयोजनामा भएको विरोध सभालाई सम्वोधन गर्दै नेता रिजालले आफू अल्पमतमा परेपछि पद गुम्ने खतरा देखेर प्रधानमन्त्रीले संसद भंग गरेको उल्लेख गरे ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सर्वसत्तावादी सोचका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद लामो समय नटिक्ने भन्दै उनले संसद ब्यूँझिए पनि चुनाव भए पनि केपी ओलीको सर्वसत्तवादलाई नेपाली काँग्रेसले घुँडा टेकाउने नेता रिजालले दावी गरे ।

संविधानमा मन नपरेको प्रावधानलाई एक एक गरी लत्याउने हो भने विधि र प्रक्रिया नै समाप्त हुने भएकाले संविधानको पालना गराउने र संविधानको रक्षा गर्ने जिम्मा फेरि काँग्रेसकै काँधमा आइपुगेको उनको भनाइ थियो ।

राष्ट्रपतिको भुमिकामा प्रश्न उठाउँदै नेता रिजालले भने, ‘जनताको पक्षमा रहन स्व. मदन भण्डारीलाई समझेर निर्णय लिनुस्, अहिलेको चुनौति भनेको संविधान जोगाउने हो ।’

  • ३ माघ २०७७, शनिबार १४:४४ प्रकाशित
  • Nabintech