१२ बैशाख २०८१, बुधबार
नेपालगन्जको भेलालाई नेपालले सम्बोधन गर्ने
  • काँचुली खबर

माघ ४ गते नेपालगन्जमा नेकपा (प्रचण्ड-माधव समुह) ले जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । देशमा संवैधानिक संकट बढ्दै गएको बेला नेकपाले नेपालगन्ज, बर्दिया र दाङमा बृहत्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो ।

तिन वटै कार्यक्रममा सहभागी हुन नेकपाका अध्यक्ष माधव कुमार नेपाल शुक्रबार नै नेपालगन्ज आईपुगेका छन । नेपालका साथमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटि समस्य वर्षमान पुन ‘अनन्त’ नेपालगन्ज आएका हुन । आज दाङमा आयोजना गरीएको कार्यकर्ता भेलामा सहभागी भएर नेपाल लगाएतका नेताहरु भोली बर्दियाको कार्यक्रममा सहभागी हुने बताईएको छ । बिहान १० बजे बर्दियामा आयोजना गरीने कार्यक्रममा सहभागी भएर उनिहरु पुन: नेपालगन्ज फर्कने छन ।

भोली नेपालगन्जको सिद्धार्थ कटेजमा दिनको १ बजेबाट सुरु हुने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपाल र प्रवक्ता श्रेष्ठले सम्बोधन गर्ने बताईएको छ ।

  • ३ माघ २०७७, शनिबार १०:५७ प्रकाशित
  • Nabintech