७ बैशाख २०८१, शुक्रबार
‘बा’ लाई सन्चो त छ कम्रेड ?
  • काँचुली खबर

आफैले बनाएको संबिधान आँफैले च्यातेर,
राती निन्द्रामा पनि खुब बर्बराउनु हुन्छ रे !
के आजकाल ‘बा’ लाई सन्चो त छ कम्रेड ?
 
दशकौं देखिको अध्यारो देश उज्यालो हुँदा पनि,
कुलमान मैले नै ल्यएको हुँ भन्नुहुन्छ रे !
के आजकाल ‘बा’ लाई सन्चो त छ कम्रेड ?
 
आँफै प्रधानमन्त्री आँफैले बनाएको राष्ट्रपती पाउँदा पनि,
मदनको हत्यारा पत्ता लगाउन्न भन्नुहुन्छ रे !
के आजकाल ‘बा’ लाई सन्चो त छ कम्रेड ?
 
३० बर्ष देखिको सहकर्मिले झुटकै पुलिन्दा भन्दा पनि,
नेताहरुलाई ज्युदै श्रद्धाञ्जली दिदै हिंड्नुहुन्छ रे !
के आजकाल ‘बा’ लाई सन्चो त छ कम्रेड ?
 
सार्बभौम राज्यको, सर्बोच्च कानुन हुँदा पनि,
सबै अड्डा अदालत मेरै हो भन्नुहुन्छ रे !
के आजकाल ‘बा’ लाई सन्चो त छ कम्रेड ?
 
ओम्नी, यती र बालुवाटारको ठेक्का पारेर,
जाउँ भो अब चुनावमा भन्नुहुन्छ रे !
के आजकाल ‘बा’ लाई सन्चो त छ कम्रेड ?
 
७० प्रतिशत सहकर्मिले साथ छोड्दा पनि,
जताततै ३० प्रतिशत देख्नुहुन्छ रे !
के आजकाल ‘बा’ लाई सन्चो त छ कम्रेड ?
 
खाडीका प्रत्येक उडानले जवान ओसार्दा पनि,
अझै पुगेन रेमिटेन्स भन्नुहुन्छ रे !
के आजकाल ‘बा’ लाई सन्चो त छ कम्रेड ?
 
आफ्नै देशका पत्रकारलाई इन्कार गरेर,
बलुवाटारमै जि न्युजलाई जि लगाउदै हिंड्नुहुन्छ रे !
के आजकाल ‘बा’ लाई सन्चो त छ कम्रेड ?
 
जिपी लामिछाने

  • २ माघ २०७७, शुक्रबार ११:५२ प्रकाशित
  • Nabintech